रमिला योन्जन
दोलखा शैलुङ्गेश्वर गाउँपालिकामा नेकपा र कांग्रेसका दर्जनौं युवा कार्यकर्ताहरु नेकपा र नेपाली कांग्रेस पार्टी त्याग गरि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश भएका छन् ।
शैलुङ्गे गाउँपालिकाका वडा नुम्बर ८ का किरण कार्की र विजय तामाङको नेतृत्वमा भएको कार्यक्रम उक्त कार्यक्रममा अरु सदस्यहरुले नेपका र काग्रेश पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन् ।राप्रपा दोलखाका अध्यक्ष राजनबहादुर शिवाकोटीले नव प्रवेशीहरुलाई सदस्यता वितरण गरेका थिए।
केन्द्रीय सदस्य सुन्दर प्रकाश खड्का र बलबहादुर तामाङले खादा र टिका लगाएर स्वागत गर्नु भएको थियो ।
राष्ट्रिय प्रजातान्त्रिक पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम जिल्ला कार्यसमितीको सदस्य विकास थापाको अध्यक्षातामा सम्पन्न भएको थियो ।
गत सनिबार विजय तामाङको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन समेत गठन भएको छ ।कार्यक्रम भब्य र सब्य रुपमा सम्पन भएको च्छोरोल्पा अनलाइन खबर सग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको प्रवक्ता भानुभक्त शिवाकोटीले जानकरी दिएका हुन् ।
