मंसिर ३० गते (मंगलबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार
दिउँसो : प्रदेश नं १, प्रदेश २ तथा बागमती प्रदेशमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
| केन्द्र | तापक्रम (°C) | पारदर्शिता (Visibility)(m) |
| धनगढी | ११ | २००० |
| नेपालगंज | ११ | ०२०० |
| भैरहवा | १३ | ००५० |
| सिमरा | १४ | ४००० |
| जनकपुर | १४ | ०३०० |
| विराटनगर | १५ | ००५० |
आगामी २४ घण्टाको आंकलन
पश्चिम तराईः धेरै स्थानहरुमा विहानको समयमा बाक्लो हुस्सु/कुहिरो लागेको भएपनि केही स्थानहरुमा अपरान्हसम्ममा सुधार हुनेछ।
मध्य तराईः धेरै स्थानहरुमा विहानीपख बाक्लो हुस्सु/कुहिरो लागेको भएपनि केही स्थानहरुमा अपरान्हसम्ममा सुधार हुनेछ।
पूर्व तराईः धेरै स्थानहरुमा विहानीपख बाक्लो हुस्सु/कुहिरो लागेको भएपनि केहि स्थानहरुमा अपरान्हसम्ममा सुधार हुनेछ।
आगामी २४ घण्टा सम्मः
तराईका अधिकांश भू-भागमा विहानीपख लागेको हुस्सु/कुहिरो अपरान्ह पछि क्रमिक रुपमा केहि स्थानहरुमा अपरान्ह सम्ममा सुधार हुने सम्भावना रहेको छ। कुहिरो लागेको स्थानहरुमा राम्रो संग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।
