मंसिर २२गते (सोमबार ),जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राती : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
तराईका केही ठाउँहरुका बिहान ८:४५ बजेको मौसमी अवस्था
| केन्द्र | तापक्रम (°C) | पारदर्शिता (Visibility)(m) |
| धनगढी | ११.५ | ६००० |
| नेपालगंज | १२.० | ४००० |
| भैरहवा | १४.० | १००० |
| सिमरा | १४.० | ५००० |
| जनकपुर | १३.६ | ८०० |
| विराटनगर | १४.५ | ५०० |
आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs)
पश्चिम तराईः थोरै स्थानहरुमा विहानीपख देखिएको हल्का हुस्सु/कुहिरो मध्यान्ह सम्ममा हटेर जानेछ।
मध्य तराईः थोरै स्थानहरुमा विहानीपख देखिएको हल्का हुस्सु/कुहिरो मध्यान्हसम्ममा हटेर जानेछ।
पूर्व तराईः थोरै स्थानहरुमा विहानपख देखिएको हल्का हुस्सु/कुहिरो मध्यान्हसम्ममा हटेर जानेछ।
आगामी २४ घण्टा सम्मः
तराईका थोरै भू-भागमा विहानीपख लागेको हुस्सु/कुहिरो मध्यान्ह सम्ममा बिस्तारै हटेर जाने देखिन्छ। कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।
