मङ्सिर ७,बिहिबार । मोरङमा विभिन्न हतियारसहित १ जना पक्राउ परेका छन् ।उर्लाबारी नगरपालिका ६,बाट ताप्लेजुङ फाम्वाङ्लुङ गाउँपालिका वडा न- २ का ३२ वर्षीय पेम्वा शेर्पालाई १ थान पेस्तोल, ३ राउन्ड गोली र १ थान म्याग्जिनसहित प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा शेर्पाले झोलाभित्र लुकाइ राखेको अवस्थामा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको प्रह्रारीले बताएको छ ।
