उदयपुर भदौरेमा गए राति बा २० च ७१७१ नम्बरको स्कारपियो दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।
गए राति १ बजे कटारी नगरपालिका-१४ स्थित सिद्धिचरण राजमार्गबाट करिब ९ सय मिटर तल स्कारपियो खस्दा ५ जनाको मृत्यु भएको हो।दुर्घटनामा चालकसहित ३ जना घाइते छन्। स्कारपियो भारतबाट ओखलढुंगा आउँदै गर्दा दुर्घटनामा परेका हुन्।
घटनास्थलमा प्रहरी पुगेको र घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको उदयपुर प्रहरी बताएको छ।घाइते चालकका अनुसार ब्रेक फेल भएर स्कारिपयो दुर्घटना भएको प्रहरीले बताएको छ।उदयपुर प्रहरीको अनुसार उनीहरू दसैं मनाउन घर फर्कंदै गरेको देखिएको , भारतबाट चालकसहित ७ जना आएको र कटारीबाट उक्त स्कारपियोमा एक जना चढेको देखिएको र उनीहरु एकै ठाउँका दुई परिवारका हुन सक्ने बताएको छ।
