सर्व मा .वि जिलुमा कार्यालय सहयोगीको रुपमा काम गरिरहेका छन्।तीन दशक भन्दा वढी उनले हाम्रा नानीवावुहरुलाई पानी खुवाए,।स्कुलको रखवारी गरे।
सामान अोसार पसार ,सरसफाई लगायतका पठन पाठन वहायकका सम्पुर्ण काम खाने पानीको पलम्वर समेत र स्कुलको भौतिक सम्पतिको रक्षकका रुपमा काम गरिरहेका छन्।कोरोनाका कारण लकडाउन भए देखि यता यही स्कुलको नाममा दर्जनौ मान्छेहरु वसी वसी घटीमा उनको भन्दा दोव्वर तलव वुज्छन ।अाजभोलि वलेकाका भने २४ घण्टे जागिर खाईरहेका छन्
दास युगका पनि कथा सुनेको छु मैले ।त्यहां पनि यस्तो विवेक हिन हुकुम कतै पाईंदैन।उनका पनि परिवार,नातागोता,चाड पर्व छन ,स-सानू खेतीपाती पनि छ।अाधा शताव्दी उमेर पार गरिसकेका वलेकाका बेलुका ५ वजे स्कुलको सुरक्षाका लागि उकालो लाग्छन।विहान ७ वजेतिर घर झर्छन अनि रुखोपिठो च्यापेर फेरि ९ वजेतिर स्कुल जान्छन अनि ३ वजेतिर घर झर्छन फेरि ५ वजेतिर स्कुल जान्छन्।,काका कता लाग्नु भाको ?? भन्दा अांखाभरि अांशु पारेर स्कुल हिंडेको भन्नू भयो।छोरो मान्छे भएर होला अांशु झार्न सकेन्।
हामीले गरेका महान क्रान्तिहरु सम्झे,फेरिएका तन्त्रहरु सम्झे।स्कुल व्यवस्थापन समितिका शिक्षा विदहरु अनि स्कुल प्रशासन प्रमुखको दलीय संलग्नता हेरें ।स्थानीय सत्ताका सत्ताधारीहरु सम्झिए।हृदयमा ऐठन भयो र यो लेख्न वाध्य भएं।
शोषित पिडित,गरीव श्रमजीवी,सर्वहाराहरुका लागि कथित क्रान्ति गरेका भन्नेहरु नै सत्तामा छन्।स्थानीय सत्तामा पनि उनीहरु नै छन्।व्यवस्थापन समिति रस्कुल प्रशाशक पनि त्यही सत्तारुढ दलका जिल्लाकमिटीका विभिन्न संयन्त्रमा कृयाशील छन्।उनै मान्छेहरुले वल्ल वल्ल २५ वर्ष भन्दा वढी सेवा पार गरिसकेर मासिक विसहजार तलव पाउने भएका बलेकाकालाई २४ घण्टे ड्युटीको हुकुम दिएका छन्।पेरिस क्रान्तिको गाथा गाएर नथाक्नेहरुले यो के गरेका होलान्?? सायद उनी उनीहरुलाई भोट हाल्दैन,अनपड पनि त छन् ।
मैले समवन्धित जिम्वलहरुसंग बलेकाकाको २४ घण्टे ड्युटीकोवारेमा जिज्ञाशा राख्दा समेत वहांहरुको जवाफमा कुनै संवेदना झल्किएन ।दास युगमा समेत नदेखिएको मानवताहिन घटना भीमेश्र्वर नगर पालिका वाड नं ४ को हो।हुनत अन्यत्र पनि थुप्रै बलेकाकाहरु यही पीडा भोगिरहेका होलान्।
–केशबराज चौलागाईं नेपालि कांग्रेस दोलखाको नेता हुन् ,उनि साहित्य र लेख रचना मा प्रख्यात व्यक्ति पनि हुन्।
