सुनिता खडका (ललितपुर संवादाता )
ललितपुर महानगरपालिका सुनाकोठीमा साझा पार्टी र युथ २६ ग्रुप यल को सहाकार्यमा विश्वभर महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस कोभिड-१९ का कारण चपेटामा परेका महिलाहरुलाई आयमुलक सिप सिकाउने उदेश्यले कार्यक्रम सुचारु गरेको छ। ललितपुर् सुनाकोठीका महिला ग्रृहीनीहरुलाई “सिप सिकौ ,दक्ष बनौ” भन्ने मुल नाराका साथ् मखमल लगायत, जुत्ता बनाउने , लुगा धुने साबुन बनाउने तालिम सुरु गरेको हो । उक्त तालिम बाट सिप सिकेका सबैले उत्पादन गरेको जुत्ता ,साबुन लगायतलाई उचीत् बजार दिइने समेत कार्यक्रम को उदेश्य रहेको छ ।
युथ २६ ग्रुप यल ललितपुर् महानगरपालिका सुनाकोठी २६का युवाहरु मिलेर समाजीकसेवा मुलक तथा सिपमुलक कार्य गर्ने उद्देश्यका साथ् अगाडी बढिरहेको छ।युथ २६ ग्रुप यल ले कोभिड १९को महामारी बाट जोगाउन माक्स, सेनेटाईजर र ग्लोब्स निशुल्क वितरण, १०० जना भन्दा बढीलाई राहत बितरण गर्ने कार्यक्रम पनि गरेको थियो।
त्यस्तै , साझा पार्टीका जिल्ला सम्योजक उज्ज्वल कृष्न श्रेष्ठ सङ् सहकार्य गर्दै आयमुलक तालिमका साथै लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने हरुलाई परेको प्रभाबलाइ मध्यनजर गर्दै “तातो भात” अभियान सञ्चालन गरी लगभग ८७०० खाना खुवाउने काम समेत गरेको थियो। साथै रासन बितरण गर्ने कार्यक्रम पनि सञ्चालन गरेका थिए।
हाल सुरु गरियको “साझा पार्टी तालिम अभियान” लाई स्वास्थ्यमा सावधानी अपनाउइ यसलाई निरन्तरता दिने र सबै लाई सकेसम्म धेरै भन्दा धेरै स्वदेशी उत्पादन उपयोग गर्नुपर्ने साझा पार्टीका जिल्ला संयोजक उज्ज्वल कृष्न श्रेष्ठले बताए ।

