धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आकस्मिक कक्षमा उपचाररत इटहरी उपमहानगरपालिका ६ की ६० वर्षीया महिलाको बुधबार मृत्यु भएको हो । असोज २४ गते कोरोना संक्रमण पुष्टि भएकी उनमा मधुमेहको समस्या रहेको प्रतिष्ठानले जनाएको छ । मोरङको बेलबारी नगरपालिका १० का ३७ वर्षीय पुरुषको पनि उपचारकै मृत्यु भएको छ । बीपी कोभिड १९ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
