सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या १२ सय ८२ पुगेको छ। मंगलबार सम्म प्रदेशमा ८ हजार २ सय पाँच जनामा संक्रमण पुष्टि भएको र ती मध्ये सक्रिय संक्रमित १२ सय ८२ रहेको छन।
प्रदेशमा मंगलबार ८१ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १२ सय ८२ पुगेको सुदुरपश्चिम प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार सबै भन्दा बढी सक्रिय संक्रमित कैलालीमा ६ सय ७३ रहेका छन्।
