महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ चाँदनीचोक बस्ने २५ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बताएको छ।
मिर्गौला रोगका बिरामी रहेका ती युवकलाई असोज २२ गते भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र जोरपाटीमा उपचार गर्ने क्रममा २३ गते पिसीआर परीक्षण गर्दा २६ गते उनी कोरोना पोजेटिभ भएका थिए । कोरोना पोजेटिभ पुरुष गम्भीर बिरामी भएपछि मङ्गलबार उनको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुर तथा नेपाली सेनाले उनको शव पशुपति आर्यघाटमा व्यवस्थापन गरेको जनाइएको छ । यो सँगै महोत्तरीमा कोरोना संक्रमित भई मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।
