बलात्कारपछि हत्या
बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ |जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकाको शरीरभरि निलडाम र नग्न अवस्थामा शव फेला परेको छ।घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
पशुचौपाया बाँध्न गएकी बालिका अबेरसम्म घर नआएपछि परिवारले खोजी गरेको थियो । परिवार र स्थानीयले नै बालिकाको खोजी गर्दै जाँदा घरदेखि २ किलोमिटर टाढा शव फेला परेको हो ,आफन्तले नै प्रहरीलाई खबर गरेका हुन्।
बालिकाले कानमा लगाएका मुन्द्रा समेत लुटेर लगेको परिवारले दावी गरेको छ ।
बालिकाका बुबाआमा भने रोजगारीका सिलसिलामा भारतमा रहेको र छोरीको मृत्यु खबर पाएलगत्तै उनीहरु नेपाल फकिँदै छन् । मृतक बालिकाको शव पोस्टमार्टमको लागि लगिएको प्रहरी कार्यालय बझाङ्ग ले जनाएको छ। घटनाबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । घटनामा हालसम्म कोही पनि पक्राउ परेका छैनन् ।
