बहराइनका राजकुमार सहितको टोली हिमाल आरोहणका लागि लुक्लामा
नेपालको लोबुचे र मनास्लु हिमाल आरोहण गर्नको लागि नेपाल आएको बहराइनका पन्ध्र र तीन बेलायती नागरिकको टोली आज लुक्ला पुगेको छ।
टोलीमा बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खालिफा समेत सहभागी रहेका छन् । राजकुमार सहितका पांच जना कैलाश हेलिकोप्टरबाट लुक्ला प्रस्थान गरेका थिए ।टोलीका अन्य सदस्य, गाइड तथा अन्य सहयोगी भने दुई वटा जहाजबाट लुक्ला पुगेका हुन्। नेपालमा कोरोना महामारीपछि विदेशबाट हिमाल आरोहण गर्न आएको यो पहिलो टोली रहेको छ।
