
प्रदेश सांसद बिशाल खड्काको पहलमा बागमती प्रदेशले आगामी १८ महिना भित्र स्तरउन्नति सम्पन्न गर्ने गरि सित्तलि-मेलुङ-बुध्दचाेक-भैसे सडककाे बोलपत्र आहवान गरेको छ । सडकको कुल लम्बाई साढे ११ किलोमिटर हुने छ भने लागत २६ करोड रहने छ । यो सडकलाई दोलखाको दिर्घकालिन हितमा भएको त अधिकतम जनतालाई समेट्ने सांसद खड्काको भनाई छ । उक्त सडक बनाउने नारा सांसद खड्काले चुनाबी अभियानकै बेला दिएका थिए ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकाश मन्त्रालयले जारी गरेको सूचना आजको नेपाल समाचारपत्रमा प्रकाशित छ । बोलपत्र नं १२/०७६-०७७ को उक्त विज्ञापनमा आवश्यक योग्यता पुगेका निर्माण कम्पनीहरुले २०७६/१२/०२ गते १२ बजे भित्र विधुतिय माध्यमद्वारा दरखास्त दिन सक्नेछन । दरखास्तको विवरण प्रदेश सरकारको पोर्टल WWW.bolpatra.gov.np/egp मा पठाउनु पर्नेछ ।
