समाचार

आस्था राउतको भिडियोमाथि अनुसन्धान सुरु,प्रहरी अफिसर, जवान ,महिला प्रहरी,नेपाली सेना, सेनाको जमदार,समेतलाई गाली र अपसब्द

[mashshare]

२ माघ, काठमाडौं । गायिका आस्था राउतले फेसबुकमा सार्वजनिक गरेको भिडियोमाथि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले छानविन गर्न निर्देशन दिएपछि अनुसन्धान सुरु भएको हो ।

 

 

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई अनुसन्धानका लागि निर्देशन दिइ सकिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘भिडियो सार्वजनिक भएपछि उहाँले लगाउनु भएको आरोप र त्यस दिन के भएको थियो भन्नेबारे बुझ्न निर्देशन दिएका हौं ।’

 

 

शैलेश थापा क्षेत्रीले राउतमाथि दुर्व्यहार भएको भए त्यो गलत हुने बताउँदै भने, ‘तर, उहाँले जसरी बोल्नु भएको छ, त्यो शैली पनि संस्कारजन्य चाहिँ देखिएन ।’ प्रकरणमा दोषी देखिने पक्षमाथि कारबाही हुने उनले बताए ।

यसअघि बिहीबार राउतले एउटा भिडियो सन्देश जारी गरेकी थिइन् । जसमा उनले विमानस्थलमा चेकजाँचका क्रममा आफूलाई प्रहरीले दुर्व्यहार गरेको जनाएकी छन् ।

 

 

उहाले भिडियो मार्फत प्रहरी अफिसर सिपाही आर्मीको जमदार समेतलाई तथा नाम दिएर गाली गरेको छ ।उक्त भिडियो अहिले सामाजिक संजालमा छ्यप छ्यप्ती रहेको छ हो प्रहरीले गलती गरेपनि सम्बन्धित ठाँउमा रिपोर्ट हुन्छ सुनुवाइ हुन्छ तर आस्था राउतले अपसब्द प्रहार गर्दै प्रहरीलाई मुख बाट छेडियर कहाँ निकले समेत बोल्दै भिडियो खिचेको छ।उहाँको भिडियो प्रष्ट सुन सक्नु हुनेछ उहाले महिला प्रहरीमाथी समेत आक्रोशित हुदै अपसब्द बोलेको छिन।

 

 

सुरक्षामा खटेको प्रहरीलाई किन अपसब्द  …?

चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै उनी आक्रोशित देखिएकी थिइन् । उनले भनेकी छन्, ‘मेरो हातमा कफी थियो । यसैले, मैले आफैं चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।

 

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close