

पुष २९।मङ्गलबार
यसै सन्दर्भमा शैलुङ गाउँपालिका को वडा-८ का काठमाडौ मा बसोबास गर्ने जनताले पुष २९ गते शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल सङ्ग आफ्नो समस्या सुनाउन बागबजार मा भेटघाट कार्यक्रम को आयोजना गरेको थिय।उत्त कार्यक्रम मा २० जना भन्दा बढी ब्यक्तिले मुडे देखि भैंसे सडक हाम्रो लाइफलाइन रहेको र यथासिघ्र उत्त सडक निर्माणमा ध्यानाकर्षण गरायका थिय।सडकको समस्याले स्थानिय सहरमा बसाइँसराइ हुनु परेको ,कृषिजन्य उत्पादन लाई बजारीकरण गर्न अभाव रहेको,बिरामी लाई अस्पताल सम्म पुर्याउन समस्या भै रहेको र यो सडक अपरिहार्य रहेको गुनासो उक्त भेटघाट मा उपस्थित सबैको गुनासो थियो।
गाउँपालिका अध्यक्ष दुलालले पनि आफुले यो बिषयमा विशेष ध्यान दियको र काम हुने प्रतिबद्धता दिनुभयो भने मुडे -ढुङ्गे सडक कालोपत्रे योजनाको काम निरन्तर भै रहेको र अब बाघखोर-भैसे सडक लाई प्राथमिकता मा राखेकोले केही समयमा काम हुने प्रतिबद्धता जायर गर्नु भयो।सडक बिस्तार गर्दा ७ मिटर को कटाइ र कच्ची नाला तयार पार्ने योजना अनुरुप काम गर्ने बताउनु भयो।तत्काल कालोपत्रे नभय पनि बस निरन्तर रुपमा भैँसे सम्म संचालन गर्न लागि परेको जानकारी दिनुभयो।
कार्यक्रम मा शैलुङ गा.पा वडा-८ का वडा अध्यक्ष रामेश्वर उप्रेती,नेकपा वडा-८ ,नेकपा दोलखाको क्षेत्रीय अध्यक्ष ज्योती श्रेष्ठ ,नेकपा शैलुङ गा.पा -८ अध्यक्ष मोहन तामाङ्ग,स्थानिय नेता भैरब काफ्ले,,स्थानिय समाजसेवी युवाहरु,राजनीतिक दलका कार्यकर्ता,व्यापारी लगायतको उपस्थिती थियो।
