च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

कला र साहित्य मनोरन्जन समाचार

जानकी बज्राचार्यको शब्दमा ‘शिरैमा शिर फुल’ तीज गीत भिडियो छायांकन सम्पन्न

काठमाडौं । जानकी बज्राचार्यको शब्दमा ‘शिरैमा शिर फुल, कम्मरमा सारी’ बोलको म्यूजिक भिडियो तिजलाई मध्यनजर गर्दै चाँडै नै सार्वजनिक हुँदैछ । 

समाजसेवी, कलाकार, च्छोरोल्पा मिडिया प्रालिकी प्रबन्ध निर्देशक, नेपाली कांग्रेस सांस्कृतिक संघकी केन्द्रीय सदस्य बज्राचार्यले नजिँकैदै गरेको तिजलाई मध्यनजर गरेर दिदी बहिनीहरुको आत्मीय सम्बन्धलाई प्रगाढ पार्नका साथै समाजमा देखिएको विकृतिलाई चिर्ने उद्देश्यले यो गीतको रचना गरिएको बताइन् ।

बज्राचार्यको शब्दमा रहेको सो गीतको म्यूजिक भिडियोको लागि साउन ७ गते शनिबार चावहिल मित्रपार्क स्थित यमुना बैंकेटमा छायांकन गरिएको थियो । बज्राचार्यको शब्दमा रहेको सो गीतलाई चर्चित गायिका राधिका हमालले स्वर दिएकी छिन् भने संगीतकार पुरुषोत्तम न्यौपाने, निर्देशक अनिल राई, क्यामेरा म्यान श्याम केसी, अभिनय गर्ने मोडलहरुमा गीतको रचनाकार तथा मोडलिङ स्वम् जानकी बज्राचार्य, सलिना ब, राज थपलिया, प्रकाश थपलियालगायतका कलाकारहरु रहेका छन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *