२५ फागुन, काठमाडौं । कृषि मन्त्रालयका पूर्वसचिव डा. योगेन्द्र कार्की नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । सोलुखुम्बुको कांग्रेस प्रदेश सभा क क्षेत्रले गरेको प्रशिक्षण कार्यक्रममा डा. योगेन्द्र कार्की नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम पुर्वमन्त्री बलबहादुर केसीले कार्कीलाई पार्टीमा स्वागत गर्दै कांग्रेसप्रती जनताको आकर्षण झन बढ्दै गएको बताउदै कांग्रेसमा प्रवेश गरेका पूर्वसचिब कार्किले अब देशमा नेपाली कांग्रेसको बिकल्प नभएको समेत दाबी गर्नु भयो ।
कार्यक्रममा बोल्दै लोकतन्त्रलाई आत्मसाथ गरेर स्पस्ट दृष्टिकोण र अडानसहित कांग्रेस अघी बढेकोले देशमा दिगो राजनितिक स्थिरताका लागी यो देशमा कांग्रेसनै आवश्यक देखेर आफु नेपाली कांग्रेसमा प्रवेश गरेको पूर्वसचिव डा. योगेन्द्र कार्की बताए ।
