च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

मुख्य समाचार राजनिती समाचार

माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर एमाले प्रवेश,अध्यक्ष केपी शर्मा ओली द्वारा स्वागत

मोरङ, २५ फागुन । माओवादी केन्द्रबाट निर्वाचित भएका मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर एमालेमा प्रवेश गरेका छन्।बुधबार नेकपा (एमाले) मोरङले आयोजना गरेको सभामा माओवादी केन्द्रबाट निर्वाचित मेयर दिलिप कुमार अग्रवाल (बगडीया), उपमेयर केशवकुमारी खराल र दुईजना वडाध्यक्षसहित करिब ५ हजार जना एमालेमा प्रवेश गरेको नेकपा एमालेले जनाएको छ ।

मोरङको रङ्गेलीमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बुधबार विराटनगर पुगेका थिए । पार्टी प्रवेश गर्नेलाई अध्यक्ष ओलीले स्वागत गरेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *