असोज १३, काठमाडौँ ।
शेरबहादुर देउवा प्रधानमन्त्रि भएको लामो समय बिति सक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। विभिन्न कारणले आफ्नो नेतृत्व सरकारलाई पूर्णता दिन नसक्दा आलोचित देउवाले आज सत्ता साझेदार दलहरूसँग मन्त्री बन्नेहरुको नाम दिन आग्रह गर्नु भएको छ ।
प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग बालुवाटारमा छलफल गर्दै आज साझसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति जुटाए पनि जसपा अध्यक्ष उपेन्द्र यादव उपत्यका बाहिर भएकाले भोलिको मात्र मन्त्रिपरिषद्को टुंगो लाग्ने भएको छ ।
दलिय सत्ता साझेदार भागबन्डामा कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सैद्धान्तिक सहमति भएको थियो । भोलि बस्ने बैठकले मन्त्रालयको भागबण्डाको टुंगो लगाउने भएको छ। प्रधानमन्त्रीले आजसम्म आफ्नो कोटाबाट मन्त्री बन्नेको नाम दिन वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई आग्रह गर्नु भएको छ ।
माओवादी केन्द्रले पनि आज बस्ने स्थायी कमिटी बैठकमार्फत मन्त्रीको नाम टुंगो लगाउने भएको छ साथै माओवादीले यसअघि जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्रीका रूपमा सरकारमा पठाइसकेको छ अब माओवादीले चार मन्त्रालय पाउने भएको छ ।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले रामकुमारी झाक्री सहित ६ जना मन्त्री मण्डल मा पठाउने भएको छ । तेस्तै, जसपाले मन्त्री छनौटको गर्न संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई जिम्मा दिएको छ ।
स्रोत : इमेज खबर
