असोज १२, काठमाडौँ। सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदलाई २-२ चोटी विघटन गर्ने नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन् ।
साथै, प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उहाले एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने, अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध मात्र पारेर बस्ने हो भने राजीनामा गरेर जनताको बीचमा जानुपर्ने कुरा समेत बताउनु भयो।
भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु हास्यापद हो र जसले संसदलाई २-२ चोटी विघटन गरि उही लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने अनि सर्वोच्चको फैसला मान्दैनौं भन्ने भन्दै एमालेलाई नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्ने कुरा मा जोड दिनुभएको ।
भट्टराईले एमालले आफैंले विघटन गरेको संसदमा अवरोध सिर्जना गरेर निर्लज्ज भएको कुरा समेत औल्याउनु भएको ।
स्रोत : अनलाइन खबर
