प्रदेशसमाचार

एकै परिवारका ६ जनाको हत्या

[mashshare]

२१ भदौ, काठमाडौं ।
संखुवासभा जिल्ला मादी नगरपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानाएको छ ।

हत्या हुनेहरुमा तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नाती छन् ।
तेजबहादुरका अन्दाजी ९२ वर्षीय बुवा घरभित्रै सकुशल फेला पर्नु भएको छ।

नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले कसैको शव बाटोमा, कसैको बारीमा र कसैको खोल्सामा भेटिएको बताए । ‘६ जनाको हत्या भएको बिहान गाउँलेले देखेछन् । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ रे,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदैछु ।’

डिएसपी सुवेदीले गएराति हत्या भएको हुनसक्ने भन्दै घटनाको अनुसन्धान भइरहेको बताए । ‘राति नै हत्या भएको हुनसक्छ । बिहान भएको भए होहल्ला हुन्थ्यो, गाउँलेले थाहा पाउँथे होला,’ उनले भने, ‘हामी घटनाको अनुसन्धान गर्दैछौं ।’ अहिलेसम्म कोही पनि पक्राउ नपरेको उनले बताए ।

घटनास्थल चैनपुरबाट चार घण्टाको दुरीमा पर्दछ । इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर युवराज खतिवडाको टोली घटनास्थल प्रस्थान गरेको छ ।
साभार : अनलाइन खबर

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close