भारि वर्षाका कारण काठमाडौं जलमग्न , ४ सय बढी घर डुबानमा, सय भन्दा बढी मानिसको उद्धार

भदौ २१ काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गएरातीदेखि भईरहेको ब्यापक वर्षाले उपत्यका जलमग्न भएको छ । लगातारको वर्षाले उपत्यकाका सवै नदीहरुमा पानीको सतह उच्च भएको छ ।
बाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीहरुमा आएको बाढीले नदी आसपासका क्षेत्रहरु डुबाएको छ ।
बाढीका कारण करीब ४ सय घर डुबानमा परेको , डेढ सय मानिसलाई उद्धार गरिएको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
बल्खुको तरकारी बजार डुबानमा परेको छ भने टेकु, कालीमाटी क्षेत्र पनि डुबानमा परेको छ । कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, तल्लो नेपालटार, शंखमुल क्षेत्र पनि डुबानमा परेको छ । विशेषगरी खोला किनारका सुकुम्वासी बस्तीहरु जोखिममा परेका छन् । गोंगबु, मैतीदेवी र रातोपुल क्षेत्रमा पनि डुबान छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा राती ३ बजदेखि विहान ६ बजेसम्मको ३ घण्टामा १ सय ५ मिलिमिटर वर्षा भएको छ । यति छोटो समयमा यति धेरै वर्षाकमै भएकोमहाशाखाको भनाइ छ ।