
भदौ १५ , काठमाडौँ। तालिवान नेताहरूले विमानस्थलमा आफ्ना सेनाहरुलाई सम्बोधन गर्ने क्रममा अमेरिकी सेनाले काबुल विमानस्थल छोडेपछि उनीहरुलाई स्वतन्त्रताको लागि बधाई दिदै अब देशमा कुनै प्रकारको बैदेशिक हस्तक्षेप हुनु देशको लागि मान्य नहुने बताएका छन।
तालिवानका प्रवक्ता समेत रहेका नेता जबीहुल्लाह मुजाहिदले सेनाहरुको बलिदानमा गर्व गर्दै यो सब आफ्ना नेताहरुको इमानदारी र धैर्यताको परिणाम क कारण आज देश स्वतन्त्र स्वतन्त्र भएको भनाइ राख्नु भयको छ।
सेनालाई र सिंगो देशलाई बधाई दिदै हाम्रो देशमा फेरि कुनै आक्रमण हुनु हुँदैन र हामी खुशी, समृद्धि र एक साँचो इस्लामी व्यवस्था चाहन्छौं भन्दै उनले तालिवान लडाकूहरुलाई समेत अफगानिस्तानका जनतालाई सम्मानपूर्वक व्यवहार गर्न अनुरोध सहित
यस देशले धेरै दुः ख भोग्नु परेको छ। अफगान जनता माया र सहानुभूतिको हकदार छन्। त्यसैले उनीहरुलाई सम्मानको साथ व्यवहार गर्न समेत आग्रह गरेका छन्।
अर्काएक नेताले भने, ‘अफगानिस्तानका जनता खुसी छन् यद्यपि यो भन्दा पहिला धेरै तत्वहरु शान्ति चाहँदैनथे थियो, उनीहरु अमेरिकी कब्जा टिकाउन चाहान्थे । जब जब सत्ता परिवर्तन हुन्छ, यो स्वाभाविक छ कि केहि चुनौतीहरु पनि पहिले आउनेछन् । जब तपाइँ घर परिवर्तन गर्नुहुन्छ, त्यहाँ केहि हानि पनि हुन्छ। यो शक्ति परिवर्तन थियो।
यो खबर विभिन्न अन्तराष्ट्रिय संचार माध्यममा आयको छ।