काठमाडौं, भदौं १४ ।
सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलामा नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ‘मैले योभन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’ नेता थापाले भन्नुभय।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउादो मंसिर ९–१३ मा गर्ने घोषणा गरिएको छ । यही १८ भदौंदेखि वडा तहबाट कांग्रेसको अधिवेशन शुरु हुँदैछ । १३औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीकै उम्मेदवार बन्नुभएका थापाले ५८४ मत पाउनुभएको थियो ।
नेता अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूह तथा डा. शशांक कोइराला रामचन्द्र पौडेल समूहबाट उम्मेदवार रहनुभएकोमा कोइराला निर्वाचित हुनुभएको थियो ।
