भदौ १३, काठमाडौ। गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि.को प्रस्तुति गौरीशंकर लोकमाला कार्यक्रमको एकवर्ष पुरा भएको छ , सो अवसरमा प्रा.लि ले आफ्नै कार्यालयको रन्जना हलमा एक कार्यक्रमको आयोजना गरि केक काटेर खुसि साटासाट गरी मनायो, उक्त्त कार्यक्रममा विभिन्न क्षेत्र मा ख्याती कमाएका लब्ध प्रतिष्ठित केहि व्यक्तित्वलाई सम्मान र उक्त्त मिडियालाई प्रत्यक्ष तथा परोक्षे रुपमा सहयोग पुर्याउने व्यक्तिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आथित्यतामा रहेको कार्यक्रममा गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि.का संचालक समितिको अध्यक्ष नेपाल सेनाको माहासेनानी माधब सुन्दर खड्का (अ प्रा )कोअध्यक्षतामा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा यस प्रा.लि.को सल्लाहकार समेत रहनुभयका वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई नेपाल सरकारको विभूषण समितिको सदस्यमा नियुक्त्ति गरेकोमा ‘‘बधाई तथा शुभकामना प्रदान गरिएको थियो।

यसैगरी संसार को अग्लो सथानमा म्युजिक भिडियो निर्माण गरि बिश्वो क्रिर्तिमान राख्न्न सफल मिडियाकर्मी राजन खरेललाई पनि यस मिडियाले ‘‘बिश्वो क्रिर्तिमानी – २०७८” द्वारा सम्मान गरिएको थियो।
अतिथिमा च्छोरोल्पा टिभीका प्रवन्ध निर्देशक जानकी बज्राचार्य स्मार्ट दोलखा स्वोतन्त्र आवजको सह – संयोजक बसन्त तिवारी,नेशन
टु नेशन होलिडे को संचालक युवा पर्यटन व्यवसायी बिशु सिटौला लगायत विभिन्न सस्थाको व्यक्तिको र कलाकार हरुको उपस्थिति रहेको थियो ।

