सन्देश कोइराला
मंसिर , १८
दोलखा। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एबम प्रभावशाली नेता डा. शेखर कोइराला मंसिर २३ गते दोलखा आउने भएका छन।
जिल्लाको तामाकोसी गाउपालिका वडा नम्बर २ झुलेमा रहेको अमर माध्यामिक बिध्यालयको नबनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका लागि सोमबार दोलखा आउन लागेका हुन।
एडिबी सहयोगमा निर्माण गरिएको भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका लागि कोइराला आउने कार्यक्रम रहेको बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्रीबाबु कार्किले जानकारी दिए।
भवन निर्माणमा सहयोग गर्ने ब्यक्तिहरुलाइ सम्मान गर्ने लगायत विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ।
