काठमाडौं ३० साउन । राप्रपाका केन्द्रीय नेता तथा बरिस्ठ समाजसेवी सोभित उप्रेतीले अफगानिस्तानमा युद्धका कारण फसेका नेपालीलाइ सरकारले तत्काल सुरक्षित रूपमा उद्धार गर्न सामाजिक संजाल मार्फत अनुरोध गर्नु भएको छ।
आफ्नो सामाजिक संजाल फेसबुक मार्फत उप्रेतीले अफगानिस्तानमा रहेका आफ्ना नागरिकको उद्दार गर्न तत्त्कालै सक्रियता देखाउन सरकारको ध्यानाकर्षण गर्न चहन्छु भन्नु भएको छ ।
उहाले पहिला नागरिकको उद्दार गरौ अनि सत्ताको भागवन्डामा फुर्सदमा लाग्न पनि सुझाव दिनु भएको छ।
समाजसेवी सोभित उप्रेतीलेयो सरकारको उदासिनताले नागरिक प्रतिको गैर जिम्मेवारीपना स्पष्ट झल्कन्छ समेत लेख्नु भएको छ ।

अफगानिस्तानमा नेपालीहरू अलपत्र परेका छन् ती नेपालीहरूलाई ल्याउने काम यो सरकारले गर्छ कि गर्दैन ? उप्रेतीले भने, नेपालीको जीउज्यानको सुरक्षा गर्न सरकारले सक्छ कि सक्दैन ? तुरुन्त नेपालीहरूलाई अफगानीस्तानबाट उद्दार गरेर ल्याउने काम गरोस् सरकारले ।
अफगानिस्तानमा तालिवान विद्रोहीले अहिलेसम्म विभिन्न प्रान्तलाई कब्जामा लिए सकेको छ । अझै थप नियन्त्रणमा लिने चेतावनी समेत दिए सकेको छन् ।अन्य देशले त्यहाँ फसेका आफ्ना नागरिकको धमाधाम उद्धार शुरू गरिओसकेको छन् ।

