मनोरन्जनसमाचार

कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको टिजर (प्रोमो) सार्वजनिक

कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको टिजर (प्रोमो) सार्वजनिक

[mashshare]

साउन ३० काठमाडौं – मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुतीमा कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको टिजर (प्रोमो) ओएस्आर डिजिटल मार्फत सार्वजनिक भएको छ ।

सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको चलचित्र कुईनेटो मौलिक विषय वस्तु समावेश भएको  प्रेम कथामा आधारित हाँस्य विधामा वनेको चलचित्र हो । स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई चलचित्रमा समेटिएको निर्देशक माधव राज खरेलले वताएका छन्।

हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदीलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । माधव राज खरेल निर्देशित चलचित्र कोभिड १९को असर केही कम हुने वित्तिकै सार्वजनिक प्रर्दशनीमा आउने निर्माण कम्पनीले वताएको छ।

निर्देशक खरेलकै लेखन रहेको उक्त चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव रापकोटा, मनीराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा किरण दाहालको द्धन्द निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन, जनकराज अधिकारीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन हरेको छ भने चलचित्रमा सन्तोष श्रेष्ठ, श्रेयसी चेम्जोङ, यूवराज चौलागाई, राज सागर, पशुपति ताम्रकार, अनिल विरही, सुरेश अधिकारी लगायतका श्रष्टा एवं सर्जकहरुको स्वर शव्द र संगीत रहेको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close