nlntk'/sf] n]n]l:yt cfgGbjg c:ktfndf sf]/f]gf vf]k nufP pb} Ps :jf:YosdL{ . czf]s b'nfn
काठमाडौं । आज देखि देशभर कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ।गएको महिना असार २९ गतेदेखि भेरोसेलको पहिलोमात्रा लगाएकालाई आजदेखि दोस्रो खोप मात्र दिन लागिएको हो।
खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई पहिलो डोज खोप दिइएको थियो। आजबाट सुरु हुने अभियानमा पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई दोस्रो डोज खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले २० लाखभन्दा बढी व्यक्तिलाई भेरोसेलको दोस्रो मात्रा खोप लगाउने लक्ष्य रहेको अनलाइन खबरलाइ जानकारी दिएको छ ।
काठमाडौं उपत्कामा १ लाख ६५ हजार व्यक्तिलाई दोस्रो मात्रा खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बताएको छ ।
सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय हरुलाई दोस्रो खोपअभियान सञ्चालन गर्न निर्देशन समेत दिएको स्वास्थ्य सेवा विभागले बताएको छ।
५५ वर्षमाथिका उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकका लागि समेत छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको विभागको जानकारीछ।
बिहीबारसम्मको तथ्यांक अनुसार हालसम्म ४३ लाख ५९ हजार २७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार ९०० जनाले दोस्रो अर्थात कोरोना विरुद्दको पूर्ण खोप पाएका छन्।
