साउन १३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार छिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको जानकारी दिएको छ ।
