मुख्य समाचारमौसमसमाचार

धादिङको पहिरोमा : पाँचवटा गाडी पुरिए

धादिङको पहिरोमा : पाँचवटा गाडी पुरिए

[mashshare]

असार,१९ काठमाडौं । धादिङको बेनीघाट १० जवाङ खोलामा पहिरोले ५ पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु ६ जना घाइते भएका छन् ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० गएको पहिरोले ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो ।

प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको आज बिहान उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

अनलाइन खबर सग कुरा गर्दै उहाले पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएको समेत बताएको छ ।

घटनास्थलमा उद्धारको लागि स्थानीय सरकार र सडक विभागको टोली प्रहरी पनि खोज तथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close