मुख्य समाचार

मन्त्रिमण्डल पुनर्गठन : काे-काे गए , काे-काे आए ? हेर्नुस्

[mashshare]
सन्देश कोइराला
मङ्सिर ५ काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ । प्रधानमन्त्री ओलीले बुधबार साँझै केही मन्त्री पुरानै र केही नयाँ अनुहार भित्र्याएर मन्त्रिपरिषद् पुनर्गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु भएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नु भएको हो । को-को आए नयाँ अनुहार ? सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका हृदयश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ ।https://www.youtube.com/watch?v=vCXeYBDv09Q
त्यस्तै नेकपाका प्रभावशाली र बौद्धिक नेता मानिने घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै रामेश्वर राय यादवलाई श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । बसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै मोतिलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ । रामवीर मानन्धरलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ भने नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । पर्यटन  हेर्नुहाेस् सूची
मन्त्रालय हेरफेर उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवको मन्त्रालय हेरफेर भएको छ । उहाँलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।यसअघि कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । काे-काे हटे ? गोकर्ण विष्ट : श्रम रोजगार तथा सामाजिक विकास मन्त्री लालबाबु पण्डित : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मातृका यादव : उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री चक्रपाणी खनाल : कृषि तथा पशुपन्छी विकास रघुवीर महासेठ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय थममाया थापा : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रामकुमारी चौधरी : कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री धनबहादुर बुढा : पर्यटन राज्यमन्त्री हेर्नुहाेस् सूची
Chat Conversation End

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close