वैशाख,२ काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला सहित १४ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली,दाङ, सुर्खेत, बारा मोरङ, र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ । (कोभिड-१९) कोरोना संक्रमण तीव्र गतिमा बढदै गएको कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा वर्गीकरणमा राखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले च्छोरोल्पा अनलाइन खबरलाई जानकारी बताउनु भएको छ ।
स्वास्थ्य मन्त्रालयले उक्त क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन समेत अपील गरेको छ ।
अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभई दिनु’ स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले भनेको छ ।

