काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताउनुभएको छ । आज आयाेजित चितवनको एक कार्यक्रममा पत्रकारसँग कुरागर्दै उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो ।
महामन्त्री डा. शशाङ्क कोइरालाले भन्नुभयो, “शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै शेरबहादुर देउवाकै नेतृत्वमा अब सरकार बन्छ । यस विषयमा अन्य दलसँग छलफल जारी रहॆको बताउनु भएको छ ।
सरकारका विषयमा जनता समाजवादी पाटीसँग छलफल भइरहेको र यस विषयमा केही दिनमा नै टुङ्गो लाग्ने उहाँको भनाइ थियो। डा. शशाङ्क कोइरालाले थप्नुभयो, “जसपासँग पनि छलफल भइरहेको छ । उहाँहरु पनि आन्तरिक छलफलमानै हुनुहुन्छ ।”
जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने महामन्त्री डा. कोइरालाले बताउनुभयो ।महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो, “समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।
