मुख्य समाचारसमाचार
[mashshare]
सेती नदीमा डुबेर इञ्जिनीयरिङ पढ्दै गरेका युवकको मृत्यु
सेती नदीमा डुबेर इञ्जिनीयरिङ पढ्दै गरेका युवकको मृत्यु

चैत, २१ काठमाडौं ।सेतीनदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ । सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धाँमीको डोटीको सेती नदीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले अनलाइन खबरलाई जानकारी दिनुभयो ।
शिखर नगरपालिका–२ मुडेगाउँको कालागाड नजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अड्किएर धाँमीको मृत्यु भएको प्रहरीले बताएको छ ।