२ मंसिर, रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवामा आज साझ बलेरो गाडी दुर्घटना भएको छ । दोलखाको सैलुङ गाउँपालिका मनगाउँ ८ बाट दोरम्बा गाउँपालिकाको छेवारमा आउने क्रममा बलेरो गाडी दुर्घटना भएको हो । दोरम्बा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष खडग बहादुर श्रेष्ठले गाडी सडकबाट करिब ३ सय मिटर तल जंगलमा पुगेको बताउनु भयो घाइते भएकाहरुको उद्दार गरेर अहिले दोरम्बा स्वास्थ्य चौकीमा उपचार भइरहेको बताउनुभयो । उहाँका अनुसार अहिले पनि घटनास्थलमा उद्धारको लागि ठूलो संख्यामा प्रहरी र स्थानीय खटिएका छन् । स्थानीय अर्का एकउदरमा खटिनु भएका दिपेस श्रेष्ठ अनुसार केहीको मृत्यु भएको छ । केही घाइते काठमाडौं ल्याउने कार्य भैरहेको उदारकार्य जारी रहेको बताउनु भयो छ
