मनोज जंग कार्की
चैत,१८ काठमाण्डाै। प्रदेश १ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएकोछ । चैत २३ गते प्रदेशसभाको बैठक बस्नुअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताउनु भएको छ ।
मुख्यमन्त्री शेरधन राईविरुद्धको गत पुस १२ गते दर्ता भएको अविश्वास प्रस्ताव पनि फिर्ता लिने माओवादी केन्द्रले बताएको छ ।
फागुन २३ गतेको सर्वाेच्चको फैसलापछि परिस्थिति बेग्ल बेग्लै बनदै गएको छ संसद बैठकअघि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं,’ आङ्बोले अनलाइनखबरसँग कुरा गर्दै भन्नु भयो ‘अविश्वासको प्रस्ताव बैठकबाटै फिर्ता हुन्छ ।’
