चैत, १५ काठमाडौं । आजदेखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण सुरु गरिएको छ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन लागेको हो ।
केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार आज आइतबार ४ (चार ) करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा थप हुनेछ । भने आइताबार देखीनै खुमलटालको नयाँ पानी ट्यांकीको परीक्षण गरिने भएको छ । बाँकी क्षेत्रहरुमा पुरानै पानी ट्यांकीमार्फत पानी वितरण गरिने भएको छ।अहिले पानी ट्यांकीहरु सबै भर्ने काम भइरहेको बताउनु भएको छ। पुरानो प्रणालीमा ४ (चार ) करोड लिटर मात्रै पानी थपिने भएकाले सबैजसो क्षत्रेमा समानुपातिक रुपमा नै पानी वितरण हुने प्रवक्ता प्रकाशकुमार राईले बताउनु भएको छ।
आज आइतबारदेखि अनामनगर क्षेत्रका १६ सय धारामा भने नयाँ वितरण लाइनमार्फत पानी वितरण गरिने भएको छ । उक्त क्षेत्रमा २४ घण्टानै पानी दिएर लाइनको अवस्था जाँच गरिने भएको छ ।
चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ पछि १७ करोड लिटर पानी काठमाडौंमा वितरण गर्ने तालिका यसअघि नै तय गरिएको थियो ।उक्त तालिकाअनुसार आयोजनाले चैत २७ देखि असार २६ गतेसम्म दैनिक १७ करोड लिटर पानी प्रणालीमा पठाएर परीक्षण गर्ने भएको छ ।
काठमाडौं उपत्यकामा अहिलेसम्मदैनिक ६ करोड लिटर मात्र पानी वितरण हुँदै आएको थियो । आज आइताबारबाट थप ४ (चार )करोड लिटर पानी वितरण लाइनमा आउने भएको छ ।
