चैत्र १५ गते (आईतबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ
देशको पाहाडी भु-भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।अपराहन्न पश्चात देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।
