कांग्रेस नेता जोशीको निधनप्रति शोक प्रस्ताव पारित, तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने
कांग्रेस नेता जोशीको निधनप्रति शोक प्रस्ताव पारित, तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

काठमाण्डाै – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छन ।
नेपाली काग्रेस केन्द्रीय समितिले नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरत संघर्षरत नवीन्द्रराज जोशीको निधनले स्तब्ध मर्माहित भएको जनकारी दिएको छ । कांग्रेसले आज जारी विज्ञप्तीमार्फत नेपाली कांग्रेसले एक कुशल संगठक र सिङ्गो देशले एक क्षमतावान नेतृत्वलाई गुमाएको उल्लेख गर्दै जोशीको निधनबाट पार्टी र देशलाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।
स्वर्गीय नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको सम्मानस्वरुप कांग्रेसले चैत १५, १६ र १७ गते सबै कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने पनि आज बसेको बैठकले निर्णय गरेको छ । १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने पनि कांग्रेसले जनाएको छ ।
मस्तिष्कघातको उपचार गराइरहेका कांग्रेस नेता नविन्द्रराज जोशीको हिजो राति ८ :२४ मा निधन भएका थियो