कार्तिक २५ सोमबार •सन्देश कोइराला
दोलखा ८०० मिटर माथिलो पहाडि क्षेत्र मा उत्पादन हुने “किवि” फलको अहिले दोलखाको शैलुङ्ग र मेलुङ्ग आसपासका क्षेत्रका कृषकहरु भण्डारण गर्ने चटारो हुनुपर्ने समयमा एकदमै निराश देखिन्छन। “किवी” बारीमा लटरम्म छ भने कृषकहरुमा भने बजार भाउ नपाउदा को पीडा मनभरी लटरम्म छ। “किवि” पाक्ने समय कात्तिक नै भयकोले मेलुङ्ग पवटी क्षेत्रमा लटरम्म “किवि” देखिन्छ।

लटरम्म किवि फल बोटमा भयर के गर्नु?आफ्नो मेहनत र लगानिको पनि सुरक्षित आभास नहुने गरि, न त बजार भाउ नै छ ,न त उचित ब्यबस्थापन गर्ने बजार नै ,यस्तै समस्या मा छन अहिले “किवि” खेती गर्ने दोलखा मेलुङ्ग-१,पवटिका कृषक। दोलखाको मेलुङ्ग गा.पा-१ पवटिमा ताराबहादुर कोइराला ,कपिल न्योपाने,बिस्नु कार्कि लगायत थुप्रै किसानहरुको बारीमा फलेको “किवि” लटरम्म देखिन्छ। “किवी” फल मानिसको शरिरको लागि स्वास्थबर्दक फल हो ,कृषक हरुलाइ यो फल लगाउनको निम्ति सरकारले पनि प्रचार गरेको पाइन्छ तर “किवि” को जति फाइदा र उत्पेरणा दिने भनाइ सुनिन्छ त्यो लगायर यसको बजार भाउ ग्यारेन्टी गर्ने कार्य पनि गर्नु पर्ने त्यतिकै जरुरत देखिन्छ।

“किवि” को बजारभाउ नपायर दुखित हुँदै कृषक कपिल न्योपाने भन्छन फलेको६-७ हजार केजि फल छ तर बजार भाउ को आभाब छ”। “किवि” स्वास्थबर्दक फल हुने र यसको बजारभाउ पनि राम्रै हुने सोच का साथ दोलखाको प्राय क्षेत्र मा यो खेती को सुरुवात भयो।कृषक हरुले आफ्नो लगानिमा केही मुनाफा गर्ने गरि भाउ नपाउनु र बजार को अभाब हुनु दुबै पक्ष ले कृषक को ढाड सेकेको देखिन्छ उहाँ बताउनु हुन्छ।जसरी “किवि” फल प्रती कृषक लाई उत्पेरित गरियो र जुन संभावना देखाइयो,त्यो अनुरुप को नतिजा आज देखियको छैन।”किवि” कृषक हरुले देखिरहेका छैनन। कृषक र सरकार को संयुत्त सहकार्य भै मूल्य समायोजन “किवि” खेती गर्ने किसानहरु मारमा नपरुन र आगामी दिनमा “किवि” बजार ब्यबस्था को लागि उचित कदम चाली कृषक हरुलाइ निराशा भन्दा पनि हौसला बढने काम सरकारी पक्ष बाट छिटो भन्दा छिटो होस।https://www.youtube.com/watch?v=tBFeJH73e1I
https://www.youtube.com/watch?v=tBFeJH73e1I
समाचार प्रती तपाइका भनाइ के छन कमेन्टमा राख्नु होला……….
