विकास विरोधीको एक एक हिसावकिताव जनताले गर्ने चेतावनी : सांसद बस्नेत
विकास विरोधीको एक एक हिसावकिताव जनताले गर्ने चेतावनी : सांसद बस्नेत

काठमाडौँ ८ चैत । नेकपा एमालेका केन्द्रीय सदसय, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकास र समृद्धिको सवैभन्दा महत्वपूर्ण हनुमन्ते करिडोर रोक्न आउने जो कोहीलाई स्थानीयवासीलेनै प्रतिकारमा उत्रने बताउनु भएको छ।
विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) अन्तर्गत विनियोजित बजेटद्वारा अनन्तलिङ्गेश्वर सामुदायिक भवन निर्माणको शिलान्यास कार्यक्रमा आज बोल्दै सांसद बस्नेतले अबका दिनमा विकास विरोधीको एक एक हिसावकिताव नेपाली जनताले गर्ने चेतावनी दिनु भएको छ।
अरनीको राजमार्गको विकल्पको रुपमा निर्माणको क्रममा केही विकास विरोधी गतिविधिहरु गरी आफ्नो सक्किनै लागेको राजनी तिलाई थाम्ने जनविरोधी गतिविधिभइरहेको प्रति उहाँले आक्रोस व्यक्त गर्दै हनुमन्ते करिडोर रोक्न खोज्ने जोसुकैलाई जनताले लखेट्न हातमा लाठी मुङ्ग्री लिएर यहाँका जनता प्रतिकारमा उत्रने बताउनुभयो ।