मनोज जंग कार्की
काठमाण्डाै – मष्तिस्कघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको परिवारले सरकारले उपचारका लागि दिने भनेको उपचार खर्च सहयोग नलिने बताएको छन । सरकारले जोशीको उपचारका लागि दिने भनेको १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेको जोशीका सहयोगी पुष्कर पाण्डेले बताउनु भएको छ।
गएको बिहीवार सरकारले पाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । जोशीको परिवारले सहयोग रकम विपन्न वर्गको स्वास्थ्य उपचारमा खर्च गर्न आग्रह गर्नु भएको छ।दुर्गममा विपन्न वर्गले उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य होस् भन्दै जोशी परिवारको चाहना रहेको पनि पाण्डेले जानकारी दिनु भएको छ।
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीले पिता गजेन्द्रराज जोशीको नाममा वीर अस्पतालमा १० लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गर्नुभएको छ । गएकाे फागुन १४ गते मष्तिस्कघात भइ थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
