शिब कुमार बुढाथोकी -दोलखा
दाेलखा । शैलुङ गाउँपालिका, -५ काटाकुटीमा जितवहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय राप्रपा वार्ड कार्यसमिति गठन गरिएको छ।कार्यसमितिकाे उपाध्यक्ष द्वयमा भक्त वहादुर खडका,रत्नवहादुर कार्की ,तथा सचिवमा प्रदिप नेपाली रहनु भएको छ। वाड अधिवेशनमा प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य सुन्दर प्रकाश खडका,केन्द्रीय सदस्य तिर्थ वहादुर केसी ,नवराज श्रेष्ठ ,जिल्ला अध्यक्ष राजन शिवाकोटी नगर अध्यक्ष विष्णु श्रेष्ठ ,जिल्ला कार्य सम्पादन समितिका सदस्यहरू भाष्कर पाण्डे ,शिव केसी र रामवहादुर तमाङ तथा युवा माेर्चा जिल्ला अध्यक्ष नवराज खडकाले शुभकामना मन्तव्य दिनु भएको थियो।

दाेलखा जिल्लामा हालसम्म ४० भन्दा वढि वडा अधिवेशन सम्पन्न भई सकेको छ भने वाँकि चैत्र १५ भित्र केन्द्रले ताेकेकाे समयतालिका अनुसार सम्पन्न गरिने राप्रपा जानकारी दिएको छन । चैत्र २५ सम्म गाउँ / नगर अधिवेशन र वैशाख पहिलाे साता भित्र जिल्ला अधिवेशन सम्पन्न गरिने राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य विजय खडकाले वताउनु भएको छ। जिल्लामा राप्रपाकाे संगठन उल्लेख्य मात्राका वृद्धि भएकाे र संगठनलाई काग्रेस कम्युनिस्टकाे हाराहारीमा पुर्याउने उदेश्यका साथ दाेलखालि नेता कार्यकर्ताले काम गरिरहेकाे समेत अनलाइन खबरलाई वताउनु भएको छ।

