मनोज जंग कार्की
काठमाडौं- भरतपुर चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । भरतपुर–१३ गंगानगरमा आफ्नो भाइको घरमा बस्न गएकी भरतपुर–१३ उज्जवलनगरकी ५० वर्षीय तिलमाया भुजेलको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
जंगली हात्तीले आज बिहान करिब ४ बजेतिर जंगल छेउको बस्तीमा प्रवेश गरी तीन वटा कच्ची घरमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए । हात्तीले करिब ६ वटा धानको बोरामा समेत क्षति पु¥याएको उनले बताए ।
हात्तीको आक्रमणबाट भरतपुर १३ गंगानगर बस्ने वर्ष ४५ को जीवन तामाङको घर पूर्णरुपमा क्षति भएको उनले बताए । त्यस्तै, सोही ठाउँका वर्ष ४६ को कृष्ण भुजेल र वर्ष ३९ को बले गोठको घर आंशिक क्षति भएको उनले बताए
