टुँडिखेलमा महाशिवरात्रि एवम् सेना दिवस यसरी मनाइँदै
टुँडिखेलमा महाशिवरात्रि एवम् सेना दिवस यसरी मनाइँदै

काठमाण्डाै – नेपाली सेनाले महाशिवरात्रि एवम् सेना दिवस आज बिहीवार विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।
नेपाली सेना नागरिकको भरोसाको केन्द्रबिन्दुका रूपमा रहेको नेपाली सेनाको राष्ट्रपति परमाधिपति हुनुहुन्छ । समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ समेत लोकार्पणका हुने छ।
सैनिक मञ्च टुँडिखेलमा मुख्य समारोह तथा देशभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सब–युनिटले पनि आ–आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्य र सभ्य तरिकाको साथ मनाउने सेनाका प्रवक्ता तथा सैनिक जनसम्पर्क निर्देशनालय निर्देशक सन्तोष वल्लभ पौडेलले जानकारी दिनु भएको छ।
नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक प्रदर्सन सैनिक कला प्रदर्सन कार्यक्रम हुनेछन् ।