कैलालीमा ओली र नेपाल पक्षबीच झडप, एमाले प्रदेश कार्यालय प्रहरी नियन्त्रणमा
कैलालीमा ओली र नेपाल पक्षबीच झडप, एमाले प्रदेश कार्यालय प्रहरी नियन्त्रणमा

रमेश चन्द (कैलाली)
कैलाली, फागुन २६ –बुधबार कैलालीको धनगढीस्थित एमालेको प्रदेश कार्यालयमा बोर्ड राख्ने विषयलाइ लिएर प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको छ ।
धनगढी उपमहानगरपालीका –३ चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ता बीच झडप भएको थियो ।झडपपछि स्थिति तनावपूर्ण भएको थियो ।
नेपाल पक्षका कार्यकर्ताले भीम रावल प्रदेश इन्चार्ज र भानुभक्त जोशी अध्यक्ष भएको नेमप्लेटसहित नयाँ बोर्ड राखेका थिए ।
त्यसको केही बेरमा ओली पक्षका प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा गएको समूहले नेपाल पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेको थियो ।
त्यसलगत्तै नेपाल पक्षका कार्यकर्ताले पुनः ओली पक्षले राखेको बोर्ड र नेमप्लेट हटाएका थिए ।
त्यस क्रममा दुवै पक्षबीच झडपसमेत भएको थियो । अहिले प्रदेश कार्यलय प्रहरीले नियन्त्रणमा लिएको छ ।