Uncategorized
[mashshare]
रुपन्देहीको तिलोत्तमामा खानेपानी आयोजनाको पाइपमा आगलागी
रुपन्देहीको तिलोत्तमामा खानेपानी आयोजनाको पाइपमा आगलागी

मनोज कार्की
माघ १० / बुटवल रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिंगरनगरमा राखिएको खानेपानी आयोजनाको पाइपमा आगलागी भएको छ । बिहान ११ बजे एक्कासि पाइपमा आगो लाग्न सुरु गरेको थियो ।
आगलागीलाई बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका तीनवटा दमकलले आधा घण्टामै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतितसिंह राठौरले अनलाइन खबरलाई जानकारी दिए ।
आगलागीबाट भएको क्षतिको यकीन विवरण आउन बाँकी रहेको उनले बताए । स्थानीयका अनुसार आगलागीबाट लाखौं मूल्यको पाइप जलेर नष्ट भएको बताएको छन् ।
सिद्धेश्वर धाम नजिक संघीय सरकारले खानेपानी आयोजना विस्तारका लागि राखेका पाइपहरुमा आगलागी भएको हो ।
के कारणले आगाे लाग्याे भन्ने नखुलेको र आगलागी बाट के कति क्षति भयाेे भन्ने बिवरण अझै आएकाे छैन ।