मुख्य समाचारराजनितीसमाचार

पूर्वप्रधानन्यायाधीशबाट संविधान, कानून विपरीत खालका वक्तव्य आउनु खेदजनक छः मन्त्री पार्वत गुरुङ

पूर्वप्रधानन्यायाधीशबाट संविधान, कानून विपरीत खालका वक्तव्य आउनु खेदजनक छः मन्त्री पार्वत गुरुङ

[mashshare]

सञ्चार सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले प्रतिनिधिसभा विघटन प्रकरणमा चार पूर्वप्रधानन्यायाधीशले दिएको वक्तव्यप्रति आपत्ति जनाउनु भएको छ। तमु (गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित तुल्याउने गरी चार पूर्वप्रधानन्यायाधीशले संयुक्त वक्तव्य जारी गरेकामा खेद व्यक्त गर्नु भएको छ।

पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनमा संविधानको कुनै धारा पनि आकर्षित नहुने विज्ञप्तिमा जनाएका थिए।

‘सर्वोच्च अदालतका न्यायाधीशहरुलाई न्याय निरुपणमा प्रभावित तुुल्याउने गरी पूर्वप्रधानन्यायाधीशहरुले स्वतन्त्र न्यायालयको गरिमामाथि आँच आउने गरी जारी गर्नुभएको संयुक्त वक्तव्यप्रति आपत्ति व्यक्त गर्दछुु,’ सरकारका प्रवक्ता गुरुङले भने, ‘संविधान, कानून र नैतिकता कुनै पनि दृष्टिले सर्वोच्च अदालतको नेतृत्व गरिसक्नुभएका पूूर्वप्रधानन्यायाधीशहरुले अदालतमा विचाराधीन मुद्दामा त्यसो गर्न मिल्दैन।’
उनले सबै जाति, भाषा र समूुदायको हितका लागि पत्रकारले कलम चलाउने विश्वास व्यक्त गर्दै राष्ट्रका हितमा केन्द्रित भएर काम गर्दा सबैको हित हुने स्पष्ट पारे। रासस

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close