रमिला योन्जन
शनिवार ब्लड डोनेर्स एशोसिएसन नेपाल ब्लडर्ल द्धारा काठमान्डौको इन्द्रचोकमा रगत न त कारखानामा बन्छ न त पैसा हुनेले मात्र सजिलै पाउँछ न त धनि गरिब जात भात केहि भन्छ रगतको लागी रक्तदाता नै चाहिन्छ भन्ने नारा सहित एक आकास्मित रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
ब्लड डोनेर्स एशोसिएन नेपाल २०४९साल बाट नेपाल सरकारको नियम अनुसार बिधि पुर्वक स्थापना भएको संस्था हो । उक्त सस्थाको मुख्य उद्देश्य हरेक बिरामीले स्वस्थ रगत पाउन पर्छ र स्वस्थ रगत ब्लड बैंकमा हुनुपर्छ भन्दै भाद्र १३ गते बाट पौष २५ गते सम्ममा ११९ औं पटक रक्तदान कार्यक्रम गरिसकेको सस्थाको केन्द्रिय अध्यक्ष सानु बाबु प्रजापति ले बताउनु भयो ।
सस्थाले रक्तदान के हो र रगतको महत्व के हो र रक्तादान जिबनदान हो भन्ने कुरालाई मोटिभेसन कक्षा सन्चान गरेर सबैलाई बुझाउदै प्रचारप्रसार गदै बिभिन्न जिल्लामा पनि शाखा बिस्तार गरेको अध्यक्ष प्रजापतिले बाताउनु भयो । शनिबार भएको उक्त रक्तदान कार्यक्रममा बिभिन्न संघ सस्थाका रक्तदाता ब्यक्तित्वहरु उपस्थित भएको थियो ।

